आर्थिक

प्रभु बैंकको नयाँ शाखा बडिगाडमा

काठमाण्डौ । संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ बैंकले बागलुङ जिल्लाको वडिगाड गाउँपालिकामा शाखा कार्यालय आजदेखि सञ्चालनमा ल्याएको छ । बागलुङ जिल्लाको वडिगाड गाउँपालिका वडा नं. ५ स्थित बैंकको वडिगाड शाखा वडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाबाट एक समारोहकाविच समुद्घाटन भएको हो ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा बागलुङ जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीकदलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायतठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

आजदेखि सञ्चालनमा आएको बैंकको वडिगाड शाखा कार्यालयबाट त्यहाँका स्थानीयतहका सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनीतथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्ने छ भन्ने बैंकले विश्वास लिएको छ ।