राजनीति

ट्रेड युनियन काँग्रेसलाई जिम्मेवार हुन आग्रह

इटहरी । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले नेपाल ट्रेड युनियन काँग्रेसले आफूलाई जिम्मेवार भएर नेतृत्व विकास गर्न जरुरी रहेकामा जोड दिएका छन् ।

ट्रे्ड युनियन काँग्रेसको छैटौँ जिल्ला अधिवेशनको आज उनी उद्घाटन गर्दै उनले विराटनगर जोगबनी मिल्स एरिया क्षेत्र नै नेपालको मजदुर आन्दोलनको उद्गमस्थल भएको र अहिले पनि त्यहाँको गाउँको नाम नै हड्ताली हाटले सुपरिचित रहेको स्मरण गरे ।

कार्यक्रममा ट्रेड युनियन काँग्रेस सुनसरीका सभापति माधव चौधरी, नेताहरू राजीव कोइराला, प्रदीपकुमार चौधरी, दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदार तथा मजदुर नेता नूरमहम्मद मियाँ, हरि लम्साल, ज्योति कोइराला, गुलाबचन्द्र सरदार, मेहदी हुसैन, जानकारी चौधरीलगायतले बोलेका थिए ।