आर्थिक

माछापुछ्रे बैँकद्वारा खाद्य तथा पोषाक वितरण

काठमाण्डौ । माछापुछ्रे बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा आज निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापिठ धनगढी–१३, कैलालीमा खाद्य तथा पोषाक वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा निङ्गलाशैनी गुरुकुल संस्कृत विद्यापिठका आर्थिक अवस्था कमजोर भएका २७ विद्यार्थीहरुलाई माछापुछ्रे बैंक–धनगढी शाखाले कुर्ता, धोती, र टि–सर्टका साथैकापी, चकटी, चामल, तेल, चिनी तथा फलफूलसमेत हस्तान्तरण गरेको जनाएकोछ ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १४ शाखा रहित बैँकिङ्ग सेवा समेत गरी जम्मा ८० स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैँकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।