पु.समाचार

३१ वटा जवरजस्ती चोरी मुद्दाका फरार प्रतिवादी पक्राउपछि जेल चलान

काठमाण्डौ । केन्द्रीय अनुसंधान ब्यूरो ले ३१ वटा चोरीका मुद्धामा संलग्नलाई पक्राउ गरेको छ । सुनिता मल्ल ठकुरीको उजुरीका आधारमा रुप बहादुर सुनुवार समेतलाई जवरजस्ती चोरीका विभिन्न ३१ वटा मुद्दाहरुमा प्रकाउ गरेको हो ।

काठमाण्डौं जिल्ला अदालतको मिति २०७२.१२.२४ गतेको फैसलाले प्रतिवादी रुपेश भन्ने नुवाकोट जिल्ला थानसिङ गाबिस वडा नम्बर ९ स्थायी ठेगाना भएका बर्ष ४२ का रुप बहादुर सुनुवारको हकमा निज अदालतमा हाजिर नभई फरार भएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले खोजतलास गर्दा तिनपिप्लेबाट पक्राउ काठमाण्डौं जिल्ला अदालतमा पेश गरेको थियो ।

ब्यूरोका अनुसार आज अदालतको आदेशले प्रतिवादीलाई २२ लाख धरौटि माग गरेकोमा धरौटि रकम बुझाउन नसकी पुर्पक्षको लागि थुनामा राख्न, कारागार कार्यालय जगन्नाथदेवल पठाईएको छ, ब्यूरोले जनाएको छ ।

प्रतिवादी रुपेश भन्ने रुप बहादर सुनुवार लगाएतका अन्य ३ जना प्रतिवादीहरुले काठमाण्डौंका बिभिन्न स्थानबाट बिभिन्न मितिमा बिभिन्न व्यक्तिहरुको सुनका सिक्रि लगाएतका बिभिन्न गरगहना तथा धनमालहरु जवरजस्ती लुटी चोरी गरेको र उक्त चोरी गरेका गहनाहरु प्रतिवादी गणेशबहादुर सुनुवार र रुप बहादुर सुनुवारले संचालन गरेको पन्चकन्या ज्वेलर्समा लगी प्रचलित मुल्य भन्दा कम मुल्यमा बिक्री गरेका थिए ।