पर्यटन/संस्कृति

पुराणबाट रु १२ लाख संकलन

इलाम । इलामको माईजोगमाई गाउँपालिकास्थित नयाँबजारमा सञ्चालित शतचण्डी धनधान्याञ्चल सप्ताह महायज्ञमा रु १२ लाख संकलन भएको छ ।

अतिथि सदन निर्माणका लागि सञ्चालन गरिएको पुराणबाट रु ११ लाख ८० हजार ८१५ संकलन भएको हो । साथै, ४१ जनाले दूध, धान, चामल द्रव्यलगायत तुलादानसमेत गरेका छन् । पुराणमा करीब १२० बोरा सिमेन्टसमेत विभिन्न दाताले सहयोग गरेका छन् ।

पुराण समापनका अवसरमा सहयोग गर्ने सबैमा बाबाजी र पुराण आयोजक समितिले धन्यवाद दिनाका साथै सम्मानसमेत गरिएको पण्डित बुद्धिप्रकाश लुइँटेलले बताए ।