समाचार

सशस्त्र प्रहरीका दुई जवान अख्तियारको नियन्त्रणमा

इनरुवा । सुुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जबाट आज साँझसशस्त्र प्रहरीका दुई जवानलाई घुस लिँदै गर्दा अख्तियारले नियन्त्रणमा लिएको छ ।

अख्तियार दुरुयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले रु २५ हजारसहित सशस्त्र प्रहरी जवान नवीन खड्का र ठाकुर खत्रीलाई पक्राउ गरेको हो ।

जवानद्वयले भारतीय गाडीलाई नेपाल प्रवेशका लागि छोडेवापत रु २५ हजार रकम माग गरेपछि उनीहरु अख्तियारको फन्दामा परेका हुन् ।

सशस्त्र प्रहरीले सोमबार भारतीय गाडीलाई प्रवेश गराइ दिएवापत रु २५ हजार शदनुपर्ने माग गरेको र पैसा आज दिने कवोल गरेपछि गाडीलाई प्रवेश गर्न दिएको थियो ।

सोही पैसा दिनका लागि आएको बेला सुराकी पाएपछि गएको अख्तियारको टोलीले लक्ष्मी फेन्सी स्टोरबाट खड्का र खत्रीलाई पक्राउ गरेको हो ।