खेलकुद

अन्तर क्लब भारोत्तोलन चैत्र अन्तिमसाता

काठमाण्डौ । प्रथम सुनिलला जोशी स्मृती राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिसकेको काठमाण्डौ जिल्ला भारोत्तोलन संघले ट्यालेन्ट हण्टको रुपमा खेलाडी उत्पादन गर्ने उद्धेश्यले पहिलो पटक “अन्तर क्लब राष्ट्रिय भारोत्तोलन प्रतियोगिता” चैत्र २८ र २९ गते आयोजना गर्ने भएको छ ।

प्रतियोगिताको मुख्य उद्धेश्य भनेको युवाहरुमा पावर गेम प्रतिको आकर्षणलाई ध्यान दिंदै देशको विभिन्न स्थानिय स्ततरका जिम, क्लबहरुमा पनि भारोत्तोलन खेलको प्रशिक्षण गराउँदै यस खेलको विकास र विस्तारका साथै खेलाडीहरुको संख्यात्मक र गुणात्मक संख्यामा अभिबृद्धि गर्नुका साथै प्रतिभावान, क्षमतावान खेलाडीहरुलाई यस प्रतियोगिता मार्फत उजागार गराई राष्ट्रिय टिममा समावेश गर्नु रहेको संघका अध्यक्ष विजेन्द्र बिक्रम शाहले जानकारी गराए ।

१८औं एशियन गेमको प्रारम्भिक चरणको खेलाडी छनौट तथा १३ औं दक्षिण एशियाली खेलको प्रथम चरणको खेलाडी छनोट समेत रहेको प्रतियोगितामा सिनियर र जुनियरमा पुरुष तर्फ ५६, ६२, ६०, ७७, ८५, ९४, १०५ र १०५ केजी माथी र महिला तर्फ ४८, ५३, ५८, ६३, ६९, ७५, ९० र ९० केजी माथीको तौल समूहमा प्रतिस्पर्धा गराईने छ ।

प्रतियोगितामा सिनियर तर्फका उत्कृष्ट भारोत्तोलक र स्ट्रङ्गेष्ट खेलाडी र जुनियर तर्फ उदियमान खेलाडीलाई पुरस्कृत गरिने छ । यस्तै नयाँ किर्तिमान कायम गर्ने खेलाडीहरुलाई नगद पुरस्कारबट सम्मानित गरिने समेत अध्यक्ष शाहले बताए । नगद पुरस्कार आर्थिक संकलनको आधारमा गरिने समेत अध्यक्षले जानकारी गराए ।

प्रतियोगितालाई अशोक फिटनेश ईक्विपमेण्ट, बानेश्वर र स्पेक्ट्रम मर्कन्डाईजले मुख्य प्रायोजन गर्ने भएको छ । बाहिरबाट आउने खेलाडीहरुका लागि खाने, बस्ने र एक तफी सवारी भाडा समेत आयोजकले ब्यहोर्ने छ ।