खेलकुद

प्रथम ललितपुर जिल्लाब्यापी रनिङ्ग शिल्ड ब्याडमिन्टन

जावलाखेल । “खेल खेलौं र खेलाऔं, आफु र अफ्ना सन्ततीलाई स्वस्थ र मानसिक तनावबाट बचाऔं” भन्ने मूल नाराका साथ प्रथम ललितपुर जिल्लाब्यापी रनिङ्ग शिल्ड ब्याडमिन्टन प्रतियोगिता २०७४ मंगलबारदेखि सुरु भएको छ ।

स्वस्थ र तन्दुरुस्त नागरिक उत्पादन गर्नुका साथै ब्यावसायीक र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पान गर्ने उद्धेश्यले आयोजना गरिएको प्रतियोगिताको मंगलबार एक कार्यक्रमविच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्ट र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले संयुक्त रुपमा पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरे । यस्तै सदस्य सचिव बिष्टले रनिङ्ग शिल्डको पनि अनावरण गरे ।

प्रतियोगितमा १५ बर्ष मुनिका केटा, उच्च २० श्रेणी बाहेकका पुरुष जोडी र ४५ बर्ष माथिका भेट्रान्स जोडीका विच प्रतिस्पर्धा गराईने ललितपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष सुनिल शाक्यले जानकारी गराए । ललितपुर जिल्ला भित्रका २६ क्लबको सहभागिता रहेको प्रतियोगितामा केटा तर्फ १४ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् भने पुरुष जोडी तर्फ ४६ र भेट्रान्स जोडी तर्फ २७ जोडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा विजयी पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुले क्रमश ब्वाईज तर्फ ८, ५ र २ हजार, पुरुष जोडी तर्फ १०, ७ र ४ हजार तथा भेट्रान्स तर्फ ८, ५ र २ हजर सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएका छन् ।