समाचार

प्रेसरकुकर बम निस्क्रिय

ताप्लेजुङ । जिल्ला अदालत ताप्लेजुङ परिसरमा आज दिउँसो प्रेसरकुकर बम फेला परेको छ । अदालत भवनको पछाडिको भागमा रहेको सलबहादुर गुरुङको बारीमा बम भेटिएकोे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

संकटकालका बेला सो क्षेत्रमा सुरक्षाकर्मीको बसेकाले त्यही समयमा बम राखिएको हुन सक्ने अनुमान गरिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

यसैबीच उक्त बमलाई आजै अपराह्न नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।