राजनीति

युवा नेता भण्डारी भन्छन्, ‘ईयूको बिरुद्धमा बैद्य र विप्लपसहितको गोलमेच आवश्यक’

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था नेबिसंघको केन्द्रीय समतिमा १४ बर्ष सम्म नेतृत्व गरेर उपाध्यक्ष, कार्यबाहक अध्यक्ष समेत भएका क्षितिज भण्डारी पार्टीको माहासमिति सदस्य हुन् । बैचारिक रुपमा खरो स्वभाब र नेतृत्वका कटु आलोचक युवा नेता भण्डारीको भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्बाचनमा केन्द्रीय मूल परिचालन समितिका सदस्य रहेर समेत काम गरेका थिए ।

तरुण – बिद्यार्थी, जनताका समस्यालाई आफ्नै समस्याका रुपमा लिने नेता भण्डारी पछिल्लो तीन बर्ष धार्मिक संघसंस्था, बाढीपिडतलाई सहयोग गर्ने, भूकम्पपीडितलाई सहयोग गर्ने, पशुपतिका बृद्धबृद्धालाई सहयोग गर्ने लगायतका सामाजिक कार्यमा करोडौं सहयोग गरेको बताउछन्  ।

युवा नेता भण्डारी नेपाल हिन्दू राज्य नभएकोमा चिन्तित हुंदै काँग्रेसले हिन्दू धर्मको रक्षा गर्दै गौतमबुद्धको अहिंसा र ज्ञानाको मार्गमा हिड्नुपर्छ भन्ने खुलस्त बिचार लिएर प्रश्तुत भईरहेका छन् ।

नेपाली काँग्रेस सुदुरपश्चिमका प्रतिष्ठीत ब्यक्तीत्व बुबा प्रकाशनारायण भण्डारी र माता स्वर्गीय हरिप्रीया भण्डारीका जेष्ठ सुपुत्र रहेका भण्डारी बुबा आमा नै काँग्रेस राजनीतिमा सकृय भएकाले बच्चैदेखी समाजसेवामा होमिएका थिए ।

बेलाबेलामा गाई काटेर खाने कुरामा बिबाद आईरहदा खुलेर बिरोधको आन्दोलन गर्ने नेता भण्डारी काँग्रेसभित्र दैनिक १८ घण्टा संगठनको कार्यमा ब्यस्त हुन्छन् ।

उनी पछिल्लो समयमा भारतको संस्थापनपक्ष भाजपासंग निटस्त रहेका नेता भण्डारी मूलूक धर्मनिरपेक्षमा गईसकेपनि हिन्दूबाटी आन्दोलनमा सकृय रहेका कारण बिबादमा छन् । राजनीतिभन्दा माथी उठेर देश र जनताको माया गर्नुपर्ने बिचारलाई प्राथमिकतामा राख्दै सर्बपक्षिय आन्दोलन हुनुपर्ने भन्दै फेसबुक लगायतबाट अभियान चलाईरहेका छन् ।

युवा नेता भण्डारी भन्छन् सरकार कम्युनिस्टको होईन –जनताको हो । फेरि राष्ट्रिय स्वाभिमान र प्रतिष्ठासंग जोडिएको ईयु मुद्दामा नेपाली कांग्रेसले एकल बक्तब्यबाजि अनि संसदमा बिरोधको कर्मकाण्ड पुरा गर्ने बेला यो होईन । प्रधानमन्त्रीसंग चुनावी तिक्तता त्यागेर एमाले, माओवादी, मधेसी दल, राप्रपा सहित सर्वदलीय बैठक बोलाउनुपर्छ । सकिन्छ भने बैध र बिपल्वलाई समेतलाई स्वाधीनता र शान्तिको पक्षहरूले गोलमेच सम्मेलनमा राख्दै युरोपियन युनियन दुस्साहसको सयुक्त रूपमा कडा भत्सर्ना गर्नुपर्छ ।

बेलायतबाट अल्गिएपछि आईएस, आक्रमण र स्वतन्त्रता आन्दोलनले क्षतबिक्षत ई।यु। ले सस्तो लोकप्रियताका लागि निर्वाचनको हावादारी पर्यबेक्षणको आडमा संविधान र नेपालीलाई नै अपमानजनक ठानिने तथाकथित प्रतिबेदन नसच्चाउने भनेकोमा सर्वदलिय एकताबद्ध जवाफ अन्तर्राष्ट्रिय समुदायलाई दिन सकिएमा बल्ल भबिस्यमा यस्तो धृष्टतापुर्ण दुर्घटना दोहरिदैन ।