खेलकुद

धवलागिरि कप क्रिकेटको उपाधि आयोजकलाई

बागलुङ, चैत । यहाँ आयोजित पाँचौँ धवलागिरि कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक बागलुङ क्रिकेट क्लबले जितेको छ ।

राइजिङ क्रिकेट एकेडेमी पोखरालाई ५२ रनले पछि पार्दै आयोजक आज भएको फाइनलमा विजेता बनेको हो । उपाधि विजेता बागलुङले रु एक लाख ११ हजार १११ सहित ट्रफी प्राप्त ग¥यो ।

उपविजेता राइजिङले रु ५५ हजार ५५५ प्राप्त ग¥यो । फाइनल खेलमा उत्कृष्ट प्रदर्शन गरेका बागलुङका किरण ठगुन्ना ‘म्यान अफ दि सिरिज’ हुँदै रु १० हजार प्राप्त गरे । प्रतियोगितामा ११ विकेट लिएका बागलुङका विक्रम सोब वेष्ट बलर र १९१ रन प्रहार गरेका पुरणसिंह ठकुरी वेष्ट व्याट्सम्यान बन्दै जनही रु रु पाँच पाँच हजार प्राप्त गरे । बागलुङ नपा–५ मालिकाका सुनिल जिसी उदीयमान खेलाडी र अनुशासित टोली रक–११ स्याङ्जा बने ।

बागलुङ क्रिकेट क्लब, फ्युचर स्पोर्टस क्लब र चैत्राष्ट्रमी मेला–२०७४ व्यवस्थापन समितिको आयोजनामा भएको प्रतियागितामा १८ समूह सहभागी थिए । विजेता र उपविजेता समूहलाई बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले पुरस्कार प्रदान गरे ।