देश

चट्याङ् लागेर एकको मृत्यु

भक्तपुर । आज दिउँसो परेको पानी र चट्याङ्का कारण यहाँ एक जनाको मृत्यु भएको छ । हरिगढी नगरपालिका–५ सिन्धुली घर भई चाँगुनारायण नपा– ८ चुँडालस्थित चम्प इँटाभट्टामा चट्याङ पर्दा सो भट्टामा काम गर्ने १९ वर्षीय सुरेन्द्र बल तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक किरण राणाले जानकारी दिए ।

चट्याङ लागेर घाइते भएका मकवानपुर फापरबारी गाउँपालिकाका १७ वर्षीया सञ्जली योञ्जनको भक्तपुर अस्पतालमा उपचार भइरहेको पनि उनले जानकारी दिए ।