आर्थिक

रेनोको नयाँ बर्षको अफर ‘रेनो रेनोत्सव’

काठमाडौं । रेनोको नेपालकोलागि आधिकारीक वितरक एड्भान्स अटोमोवाइल्स प्रालि (बिशाल ग्रुप अन्र्तगतको कम्पनी) ले ‘रेनो रेनोत्सव’ योजना सार्वजनिक गरेको छ । नयाँ बर्ष २०७५ लाई मध्येनजर राखेर सार्वजनिक गरिएको यो क्याम्पेनको ट्यागलाईन ‘खुसीयाली नयाँ बर्ष २०७५ को’ राखिएको छ ।

यस योजनामा रेनोको कार खरिदगर्ने सोच बनाएर बस्नु भएको ग्राहकहरुलाई लक्षित गरेर बिभिन्न छुटका योजना र आर्कषक सुविधाहरु ल्याएको छ । जहाँ रेनोका कार खरिदकर्ताले प्रसस्त फाइदा लिन सक्ने छन् ।

रेनोले नयाँ बर्षलाई खुसी र उल्लासमय बनाउन ल्याएको अफरमा लोड्जी मोडलमा ५,००,०००८ सम्मको छुटको अफर ल्याएको छ । साथै, डस्टरको खरिदमा ३,१०,०००८ र क्विडको खरिदमा १,८०,००० ८ सम्म नगद छुट कम्पनीले अफर गरेको छ ।

यसका अलावा यस योजनामा ५ बर्षसम्म निःशुल्क सर्भिस सुविधा८, ३ बर्षको निःशुल्क सवारी साधन कर८, फाईनान्स सुबिधा८ र आर्कषक मूल्यसहितको एक्स्चेन्ज सुबिधा  उपलब्ध गराउने छ ।

यो नयाँ बर्षमा रेनो कार किनेर यसको स्टाइल र आरामदायी पनको फाईदा उठाउँदै नयाँ बर्षलाई उल्लासमय बनाउनु होस् ।