समाचार

छलीमाया थामी पुरस्कृत

काठमाडौँ । अल्पसंख्यक थामी सामुदायलाई नयाँ सोचका साथ व्यवसायमा संलग्न गराउन महत्वपूर्ण योगदान पु¥याएबापत छलीमाया थामीलाई ‘सामुदायिक उत्थानशीलताका लागि नेतृत्व पुरस्कार’ प्रदान गरिएको छ ।

दोलखा सोरुङखोलाकी थामीले देशभर रहेका ३० हजार थामी समुदायको उत्थानमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र हिमालय जागरण अभियानले संयुक्त रुपमा सो पुरस्कार प्रदान गरेकोे हो ।

छलीमायाले अलैँची खेतीमा एकीकृत व्यवस्थापनका साथै उत्पादन र वितरणमा महत्वपूर्ण भूमिका खेल्नुभएलेको युएनडिपीले विज्ञप्तिमार्फत जनाएको छ ।

युएनडिपीका राष्ट्रिय निर्देशक रेनउ मेयर र अभियानका संस्थापक लाउरेन्स ब्रमले थामीलाई पुरस्कार प्रदान गर्दै सामुदायिक सशक्तीकरण र वातावरणको दिगो व्यवस्थापनबाट दिगो विकास लक्ष्य हासिल गर्न सकिने धारणा राखे ।