पु.समाचार

सांसद केसीद्वारा पत्रकारिता पुरस्कार कोषलाई सहयोग

बाबियाचौर, म्याग्दी । प्रेस सेन्टर नेपाल म्याग्दीद्वारा स्थापित पत्रकारिता पुरस्कार कोषमा प्रदेश ४ का प्रदेशसभा सदस्य विनोद केसीले आर्थिक सहयोग गरेका छन् ।
दुई वर्षअघि सेन्टरले स्थापना गरेको कोषमा सांसद केसीले जनयुद्धका शहीद आफ्ना दाजु मदनको स्मृतिमा आइतबार रु २५ हजार उपलब्ध गराएका हुन्। सेन्टरले विसं २०७२ मा भीमदत्त चलचित्रको विशेष प्रदर्शनी गरेर शहीद पत्रकार कृष्णसेन इच्छुकको स्मृतिमा रु एक लाखको अक्षयकोष स्थापना गरेको थियो ।

सेन्टरको बैठकले पुरस्कारलाई कृष्णसेन मदन स्मृति नामाकरण गर्ने निर्णय गरेको सचिव सन्दीप खत्रीले बताए । सोही कोषको ब्याजबाट प्रत्येक दुई वर्षमा जिल्लामा क्रियाशील पत्रकारलाई पुरस्कृत गर्ने व्यवस्था मिलाइएको छ । पुरस्कारको राशि रु पाँच हजार रहेको छ ।
बैठकले सेन्टरका प्रदेश नं ४ का सहसचिव सन्तोष गौतमको संयोजकत्वमा शाखा अध्यक्ष कमल खत्री र सल्लाहकार सुवासकुमार सदस्य रहेका तीन सदस्यीय छनोट समिति गठन गरेको छ ।