पर्यटन/संस्कृति

पर्यटन क्षेत्रबाट आर्थिक समृद्धि हुने–मुख्यमन्त्री पोखरेल

तुलसीपुर । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले पुरन्धारा झरनाको विकासका लागि प्रदेश सरकारले बजेट विनियोजन गर्ने बताएका छन् ।

बबई गाउँपालिकाको आयोजनामा आज पश्चिम दाङको हापुरेमा भएको अन्तरक्रियामा उनले त्यसका लागि योजना निर्माण गर्न आग्रह गरे । पर्यटन क्षेत्रबाट स्थानीय तहमा आर्थिक समृद्धि हुने भन्दै मुख्यमन्त्री पोखरेलले त्यसका लागि बबई गाउँपालिकालाई स्थानीय तहमा रहेका पर्यटकीय स्थलको विकासमा ध्यान दिन आग्रह गरेका थिए ।

गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारले सबै स्थानलाई न्यायोचित रुपमा विकासका पूर्वाधारलाई ध्यान दिने मुख्यमन्त्री पोखरेलले बताएका थिए।

त्यस अवसरमा प्रदेशसभा सदस्य उत्तरकुमार वली, धमकली चौधरी, दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरीले पश्चिम दाङको विकासका लागि प्रदेश सरकारबाट पनि बजेट उपलब्ध गराउनु माग गरे ।