राजनीति

कानूनभन्दा माथि हुने छुट कसैलाई छैनः मन्त्री तामाङ

नेपालगन्ज । कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले कानूनको सर्वोच्चता स्थापित गर्न वर्तमान सरकार दृढ संकल्पित रहेको बताएका छन् ।

प्रेस चौतारी, बाँकेले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कानूनभन्दा माथि हुने छुट लोकतन्त्रमा कसैलाई पनि हुँदैन भने ।

उनले कानून र विधिको शासन जो सुकैले उल्लंघन गरे पनि कानूनी दायरामा आउनै पर्छ भन्दै वर्तमान सरकार कानूनी राज्यको अवधारणाबाट एक इन्च पछि नहटने बताए ।