स्वास्थ्य

दुईवटै मृगौला फेल भएका सर्लाहीका ईशान काफ्लेलाई सहयोग गरौं

काठमाण्डौ । लालबन्दी सर्लाही घर भई काठमाण्डौको कपन बस्ने ११ बर्षका ईशान काफ्लेका दुईवटै मृगौला फेल भएका छन् । उनको पीसाब थैलीमा समेत समस्या छ, २० लाख रुपैंया खर्च घरसम्पतीबाट गरेपनि आर्थिक अवस्था कमजोर भएकोले सहयोगी हातहरुले उनको उपचारमा आर्थिक सहायता गरे ईशानको बाँच्ने सम्भाबना छ । ५० लाख भन्दा बढी खर्च हुने डाक्टरहरुले बताएका छन् ।

आफन्त सागर आचार्यले भने, सहयोग गर्ने ईच्छा हुनेहरुले ईच्छा भए उनलाई सम्पर्क ९८५५०९०९८४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा खातावालाको नाम विनोद काफ्ले,  (विरामीको बुबा)खाता नम्बर ११३०००१४२३१ ‘डी’, राष्ट्रिय बाणिज्य बैंक, साखा कार्यालय सिंहदरबारमा जम्मा समेत गर्न सक्नुहुने छ ।