समाचार

दण्डहीनताबारे सम्मेलन चैत पाँचौँ हप्तामा

काठमाडौँ । दक्षिणी एशियाली मुलुकको मानवाधिकार र दण्डहीनताको अवस्थाबारे यहाँ यही चैत पाँचौँ हप्तामा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ ।

राष्ट्रिय मानवाधिकार आयोगको आयोजनामा चैत २६ देखि २८ गतेसम्म ‘दक्षिण एशियाली मुलुकमा दण्डहीनताको अन्त्य र मानवाधिकार उपभोगमा देखिएका समस्याको पहिचान र निराकरणका उपाय’ विषयमा सम्मेलन हुने आयोगका सचिव वेदप्रसाद भट्टराईले जानकारी दिए ।

उन्नाइस देशका मानवाधिकार क्षेत्रमा काम गर्ने ५० प्रतिनिधिको सहभागिता हुनेसम्मेलनमा मानवाधिकारको उपभोग, दण्डहीनताको अन्त्य, राष्ट्रिय सुरक्षा, महिला तथा बालबालिकाको हक, अभिव्यक्ति स्वतन्त्रताको स्थितिलगायत विषयमा कार्यपत्र प्रस्तुत गरिने बताइएको छ ।