स्वास्थ्य

आखाँको शिविरमा दुईसय ८६ को उपचार

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा–१० जल्पापुरमा शनिबार सम्पन्न भएको निःशुल्क आँखा शिविरमा १८ जना मोतिया बिन्दुका बिरामीलाई शल्यक्रियाका लागि छनोट गरिएको छ ।

हाम्रो सञ्जाल नेपालको आयोजना र विराटनगर आँखा अस्पतालको संयोजनमा शिविर सम्पन्न भएको थियो । सम्पन्न शिविरमा २८६ जनाको आँखा परीक्षण गरेकामा १८ जनालाई मोतियाबिन्दु देखिएकाले थप उपचार र शल्यक्रियाका लागि छनोट गरिएको आयोजक हाम्रो सञ्जाल नेपालका अध्यक्ष सितोष पोखरेलले जानकारी दिए । छनोट भएका १८ जनालाई शल्यक्रियाका लागि विराटनगर आँखा अस्पताल पठाइएको आयोजकले जनाएको छ ।