आर्थिक

सुर्ती, कपडा र डिजेल बरामद

सप्तरी । खुलेआम भारतबाट नेपाल भित्र्याउँदै गरेको सुर्तीसहित अवैध समान प्रहरीले बरामद गरी भन्सारमा बुझाएको छ ।

प्रहरीको विशेष टोलीले चेक जाँचका क्रममा गएराति सप्तरीको तिलाठी कोइलाडी–१ स्थित भारतबाट नेपालतर्फ भन्सार छली ल्याउँदै गरेको ४८ थान सुर्ती बरामद गरेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।

यस्तै बलानबिहुल गाउँपालिका–४ बाट खटिएको संयुक्त प्रहरीको टोलीले भारतबाट भन्सार छली ल्याउँदै गरेको रु दुई लाख मूल्य बरावरको कपडासमेत पक्राउ गरेको छ ।।सप्तरीको बोधेबरसाइन नगरपालिकाबाट अवैध रुपमा नेपालबाट भारततर्फ स१त ६३९७ नंको ट्र्याक्टरमा लोड गरी लैजान लागेको एक हजार लिटर डिजल बरामद गरेको छ ।

ट्र्याक्टर, डिजलसहित सप्तरी बोधेबरसाइन नगरपालिका–९ बस्ने ४३ वर्षीय इन्दल साह र र २७ वर्षीय प्रलादकुमार यादवसमेत पक्राउ परेका छन् । अवैध डिजल, ट्र्याक्टरलगायत बरामद गरेका अवैध समान समेतलाई तिलाठीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।