समाचार

शहरी स्वास्थ्य केन्द्रलाई एक करोडको जग्गादान

तुलसीपुर, दाङ । तुलसीपुर उपमहानगरपालिका–८ अश्वारा निवासी अभिषेक शाहले आफ्ना बुबा भीमसेन शाहको सम्झनामा यहाँ शहरी स्वास्थ्य केन्द्र स्थापनाका लागि रु एक करोड पाँच लाख मूल्य बराबरको सात कट्ठा जग्गादान गरेका छन् ।

शाहले तुलसीपुर उपमहानगरपालिका–१ ‘ख’ कित्ता नं १६३ बाट सात कट्ठा जग्गा शनिबार स्वास्थ्य प्रवद्र्धन केन्द्रका लागि दिएका हुन्। सो वडाका वडाध्यक्ष बेदु केसीको उपस्थितिमा उनले जग्गा प्रदान गरेका हुन् । “बुबा हामीमाझ रहँदासम्म सामाजिक काम र समाजमा महत्वपूर्ण योगदान गर्दैआएका थिए त्यसैको निरन्तरताका लागि मलाई पनि केही काम गर्ने मन लागेको होे”, अभिषेकले भने ।

भीमसेन शाहलाई सशस्त्र द्वन्द्वको समयमा तत्कालीन विद्रोही पक्ष माओवादीले अपहरण गरी बेपत्ता बनाएको थियो । उनको अवस्था अझैसम्म अज्ञात रहेको छ ।