पु.समाचार

यातायात मजदुर संघको अध्यक्षमा पन्त

पोखरा । नेपाल यातायात मजदुर संघ प्रदेश नं ४ को प्रथम अधिवेशनले किरणबाबु पन्तको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनले उपाध्यक्षमा दिलबहादुर पराजुली, महिला उपाध्यक्षमा देवी कार्की, सचिवमा अर्जुन खनाल, सहसचिवमा ऐनबहादुर ऐर (सागर), कोषाध्यक्षमा ओमबहादुर श्रीषलाई चयन गरेको छ । समितिको सदस्यमा डिल्लीराम कोइराला, कृष्णबहादुर क्षेत्री (जीवन), गोविन्द पौडेल रहेका छन् ।

संघका जिल्ला अध्यक्ष प्रदेश समितिको पदेन सदस्य रहने व्यवस्था छ । नवनिर्वाचित अध्यक्ष पन्तले विधानबमोजिम पाँच जना सदस्य मनोनीत गरी संघलाई अघि बढाउने बताए । उनले यातायात क्षेत्रमा हुने गरेका अनियमितता एवम् विकृति–विसंगतिको अन्त्यका लागि संघ क्रियाशील हुने उल्लेख गरे ।