पर्यटन/संस्कृति

रामनवमीमा सांस्कृतिक महोत्सव

इलाम । ‘रामनवमीमा ढाप पोखरी जाउँ, आन्तरिक पर्यटन प्रवर्धनमा सहयोग पु¥याउ’ भन्ने नाराका साथ रामनवमीका असवरमा इलामको सन्दकपुर गाउँपालिका–५ जमुनास्थित ढाप पोखरीमा आजदेखि दुईदिने सांस्कृतिक महोत्सव शुरू भएको छ ।

जिल्लाको नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको ढाप पोखरीमा सांस्कृतिक महोत्सव आयोजना गरिएको चन्द्रपाल थेवे ढाप सिमसार संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष युवराज भट्टराईले जानकारी दिए ।

आन्तरिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पहिलो पटक आयोजना गरिएको महोत्सवमा ५० हजार बढी पर्यटक भित्र्याउने लक्ष्य राखिएको पनि उनले बताए ।

महोत्सवमा विभिन्न प्रजातिका वनस्पति, जडीबुटीहरू, स्थानीय हस्तकला र विभिन्न कृषिजन्य उत्पादनको प्रदर्शनी तथा अवलोकन प्रमुख आकर्षण रहने बताइएको छ ।

महोत्सवमा ढाप पोखरीमा ढुंगा सयर गर्नका साथै हाँगेथाम, चोयाटार, जौवारीलगायत रमणीयस्थलको घुमघामसँगै लोपोन्मुख रेडपाण्डाको समेत अवलोकन गर्न पाइने अध्यक्ष भट्टराईले बताए ।