शिक्षा

भोलिवाद हट्नुपर्छः शिक्षामन्त्री

बर्दिवास । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जनतालाई सुशासनको प्रत्याभूति गराउनु वर्तर्मान सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् ।

महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले गरेको स्वागत कार्यक्रममा मन्त्री पोखरेलले सुशासनका लागि सरकारका सबै अंगका कामलाई विज्ञान र प्रविधि क्षेत्रका पछिल्ला उपलब्धिसँग जोडेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । “काम लिएर आउने जनताको नमस्कार खाएर उनीहरूलाई ‘भोलि आउनू’ भनिने चलन सधैंलाई हटाउनुपर्छ” मन्त्री पोखरेलले भने ।

कार्यक्रममा नगरपालिकाका प्रमुख विदुरकुमार कार्की, उपप्रमुख कृष्णमाया गौतम र प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलसहितका स्थानीय प्रतिनिधि र अधिकारीले मन्त्री पोखरेललाई सम्मान गरेका थिए। मन्त्री पोखरेलले आजै जिल्लाका बर्दिवास र भङ्गाहा नगरपालिकाकासहित चार एसइइ (माध्यमिक शिक्षा परीक्षा) परीक्षा केन्द्रको अनुगमन गरे ।