खेलकुद

मदन भण्डारी गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु

बुटवल । राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो मदन भण्डारी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको आज यहाँ उद्घाटन गरेकी छन् ।

मदन भण्डारी स्पोर्टस एकेडेमी, प्रदेश ५ कमिटीको आयोजनामा बुटवल रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा भएको उद्घाटन कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले नेपालको खेलकुदको इतिहासलाई अझै उचाइमा पु¥याउन तथा खेल पर्यटनबाट समृद्धि हासिल गर्न सबैलाई आह्वान गरिन् ।

कार्यक्रममा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले खेलमा खेलाडीका बीचमा तालमेल भएजस्तै राष्ट्र निर्माणका लागि संघीय, प्रादेशिक र स्थानीय सरकारबीच तालमेल गर्नुपर्नेमा जोड दिए ।
प्रतियोगितामा प्रथम हुने टोलीलाई रु १५ लाख तथा द्वितीयलाई रु सात लाख ५० हजार पुरस्कार र सान्त्वना दुई टोलीलाई रु एक÷एक लाख पुरस्कार राखिएको एकेडेमीका केन्द्रीय उपाध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । यस्तै नयाँ अभ्यासका रुपमा खेल अवधिभर प्रत्येक खेलाडीको रु तीन लाख बराबरको बीमाको व्यवस्था गरिएको प्राविधिक संयोजक नन्दु काउचाले बताए ।

राष्ट्रिय रुपमा ए डिभिजनका नौ टोली र अन्तर्राष्ट्रिय रुपमा मलेसियाबाट एक टोली गरी जम्मा १० टोली प्रतियोगितामा सहभागी छन् । पाँच हजार दर्शकले अवलोकन गर्न मिल्ने प्यारापिटको निर्माण गरिएको छ । मदन भण्डारी स्पोस्टर्स एकेडेमी र सुदूरपश्चिम ११ बीचको आजको प्रतिष्पर्धामा स्पोर्टस एकेडेमी सुदूरपश्चिमलाई १ का विरुद्ध ३ गोल गरेर क्वाटर फाइनलमा प्रवेश गरेको छ ।