राजनीति

प्रदेश ३ः तीन विधेयक दर्ता

हेटौँडा । प्रदेश नंं ३ को प्रदेशसभा सचिवालयमा तीन विधेक दर्ता भएका छन् । प्रदेशसभाको यही चैत १३ गते बस्ने बैठकमा सार्वजनिक खरिद प्रमाणीकरण, आर्थिक र मुृख्यमन्त्री तथा मन्त्रिपरिषद् सञ्चालन एवं कार्यसम्पादनसम्बन्धी ती विधेयक पेश गरिने सचिवालयले जनाएको छ ।

चैत १२ गते कार्यव्यवस्था परामर्श समितिको बैठक बसी चैत १३ गतेको बैठकमा दफावार छलफलपछि विधेयक पारित गर्ने तयारी भएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिए ।