राजनीति

कर्मचारीका नेताहरु भन्छन्, “स्वैच्छिक अवकास कार्यान्वयन नगरे मन्त्री पण्डीत बिरुद्ध आन्दोलन गछौं”

काठमाण्डौ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डीततले कर्मचारीलाई पूर्बवर्ति देउवा सरकारले ल्याएको स्वेच्छिक अवकासको निर्णयलाई उल्ट्याएपछि बिभिन्न पार्टीकान कर्मचारी संगठनहरुले आपत्ति जनाएका छन् ।

नेकपा एमाले, नेपाली काँग्रेस, माओबादी केन्द्र तथा मधेशी कर्मचारी संगठनका नेताहरुले मन्त्री पण्डीतले आरोप लगाएजसोरी कर्मचारीहरु खटाएको ठाँउमा नगएको भन्ने गलत भएको जिकिर गर्दै स्वैच्छिक अवकासको निर्णय कार्यान्वयन नगरे आन्दोलनमा जाने चेतावनी दिएका छन् । आचधिकारिक ट्रेड यूनियनका अध्यक्ष पुण्य प्रसाद ढकालले लालबाबु पण्डीतले कर्मचारीलाई लगाएका उक्त आरोपहरु फिर्ता लिनुपर्ने बताएका छन् । अध्यक्ष ढकाल एमालेबाट प्रतिनिधित्व गर्दै कर्मचारी युनियनको आधिकारीक अध्यक्ष समेत हुन् ।

नेपाली काँग्रेस समर्थक नेपाल निजामती कर्मचारी संगठन ( यूनियन) का नबनिर्बाचित अध्यक्ष भोला प्रसाद पोख्रेलले मन्त्री पण्डीतका अभिब्यक्तीले कर्मचारीमा मनोबल गिरेको आरोप लगाएक छन् । माओबादी केन्द्र समर्थक कर्मचारी संगठनका अध्यक्ष हरि रावलले भने कर्मचारीहरु खटाएको स्थानमा गएको दावी गर्दै सरकारले कर्मचारीको बिरुद्धमा लगाएको आरोप निराधार भएको दाबी गरेका छन् ।

मधेशी कर्मचारी संगठनका अध्यक्ष भूवनेश्वर चौधरीले सरकारले कर्मचारीलाई काम गर्ने वातावरण दिनुपर्नेमा उल्टै ओरोप लगाएर समस्यामाथी समस्या थोपरेको आरोप लगाएका छन् ।

अध्यक्ष ढकाल भन्छन्, खटाईएको स्थानमा गएर कर्मचारीहरु हाजिर गरिहेका छन्, बरु काम काम गर्ने वातावरण छैन, बस्ने कुर्शी छैन, यी लगायका समस्याहरु हामीले सुन्नुपरेको छ ।

लालबाबु पण्डीत भने उक्त योजनामा आफू अडिक रहेको बताईरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत केहि दिन अगाडीको एक कार्यक्रममा खटाएके स्थानमा कर्मचारीहरु नगए कारबाही गर्ने चेतावनी दिएका थिए ।