राजनीति

काँग्रेस नेता खड्कालाई भेन्टिलेटरमा राखेपछि शुभचिन्तक र कार्यकर्ताहरु चिन्तित

काठमाण्डौ । नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको समाचार छ । काँग्रेसका केन्द्रीय सदस्य एबम् पूर्ब गृहमन्त्री खड्काको स्वास्थ्य अवस्था बिग्रदै गएपछि उपचारका लागि भारतको नयादिल्लीस्थीत एपोलो अस्पताल लगिएको थियो ।

खुबबहादुर खड्कधाका शुभचिन्तक तथा काँग्रस कार्यकर्ताले सामाजिक सञ्जाल लगायतबाट उनको स्वास्थ्य लाभको कामना गरेका छन् । बुधबारबाट एपोलो अस्पतालमा भेन्टिलेटरमा राखि उपचार गर्न थालिएपछि दाङ गृहजिल्लाबासी, शुभचिन्तक एबम् कार्यकर्ता चिन्तित बन्न थालेका छन् ।

काँग्रेस केन्द्रीय कार्यालयमा केन्द्रीय कार्यसमितिको बैठक बसिरहदा प्रभाबशाली केन्द्रीय सदस्य खड्काको अनुपस्थितिले बैठकलाई नै अशर गर्ने देखिन्छ । कतिपय नेता, कार्यकर्ताहरु नेता खड्कालाई भेट्न एपोलो अस्पताल समेत गएका छन् ।

मृगौला प्रत्यारोपण गरेर बाँचेका खड्कालाई फागुनको पहिलो साता दिल्ली लगिएको थिायो । नेता खड्का मृगौला, छाती र नसा रोगबाट पीडित हुंदै आएक छन् ।