खेलकुद

खेलकुद मन्त्रीलाई राखेपमा स्वागत

काठमाण्डौ । राष्ट्रिय खेलकुद परिषदले अध्यक्ष एवं माननिय युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनारलाई एक कार्यक्रमका विच बधाई, स्वागत तथा शुभकामना ब्यक्त गरेको छ ।

मन्त्री सुनारलाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष लामा टेण्डी शेर्पा, सदस्य सचिव केशव कुमार बिष्ट, कोषाध्यक्ष शैलेस कर्माचार्य, राष्ट्रिय खेलकुद परिषदका सदस्यहरु, कर्मचारीहरु, राष्ट्रिय संघका पदाधिकारीहरु लगायतले खादा तथा माला लगाएर स्वागत गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै मन्त्री सुनारले नागरिकको स्वास्थ्य र मानसिक विकाका लागि खेलकुद क्षेत्रको निकैनै महत्व रहेकोले सिंगो राष्ट्र र नागरिक स्वस्थताको लागि खेलकुद क्षेत्रलाईनै स्वस्थ र मर्यादित बनाउनु पर्ने बताए । उनले विगतका नकारात्मक कुराहरुबाट पाठ सिक्दै सकारात्मक कुराहरुलाई संस्थागत गर्दैै खेलकुद क्षेत्रको विकासमा अगाडी बढ्नु पर्ने बताए ।

युवा तथा खेलकुद मन्त्रालय खेलाडी तथा खेल क्षेत्रमा नयाँ उत्साह ल्याउने खालका कार्यहरु गर्न र ल्याउन अगाडी बढि सकेको बताए । राष्ट्र निर्माणको महान अभियानमा खेलकुद क्षेत्र पनि लाग्नु पर्ने भन्दै राष्ट्रको गरिमा र गौरव रहेको ते¥हौं सागको जुन जिम्मेवारी पाईएको छ सवैले सामुहिक रुपमा संकल्प गर्दै त्यसलाई समयमानै सम्पन्न गर्ने तर्फ अगाडी बढ्न निर्देशन दिए । उनले खेलकुद विकासका लागि भौतिक पूर्वाधारलाई अगाडी बढाउनु पर्ने भन्दै खेलकुद विकासका लागि कुनै किसिमको कसर बाँकी नराख्ने बताए ।

खेलकुद मन्त्रीलाई स्वागत तथा बधाई ज्ञापन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले आज निर्णय गर्ने, कार्य गर्ने, योजना बनाउने र बजेट प्रदान गर्ने सवै क्षेत्रमा पहुंच भएकोले आगामी बर्ष खेलकुद क्षेत्रलाई स्वर्ण युगमा पु¥याउन अगाडी बढ्ने बताए । खेलकुद क्षेत्रको विकासमा बजेटको अपुग रहेको भन्दै पर्याप्त बजेट प्राप्त गर्नेमा आफु विश्वस्त रहेको बताए ।

पूर्वाधारका कारण ते¥हौ सागलाई असर नपार्ने भन्दै सरकारको बजेट, इच्छा शक्ति र खेलकुद भित्रका एकता बद्धताले मात्र प्रभावित हुने बताए । यसका लागि आफु सजग रहेको पनि बताए । बजेट अभाव नभएमा आठौं राष्ट्रिय खेलकुद समयमानै सम्पन्न गर्दै नयाँ ईतिहास रच्ने बताए । उनले खेलकुदलाई नयाँ ढंगले अगाडी बढाउन खेलकुद ऐन पनि परिमार्जन गर्नु पर्ने भएकाले बृहत छलफलको आवश्यकता रहेको बताए ।

कार्यक्रममा राखेपका उपाध्यक्ष लामा टेण्डी शेर्पा, सम्पूर्ण राष्ट्रिय खेल संघका तर्फबाट माननिय सांसद एवं कबड्डी संघका अध्यक्ष तुलसा थापा, राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, राखेप कर्मचारी संघका महासचिव फणिन्द्र पौडेलले आआफ्ना क्षेत्रमा भएका कमि कमजोरी तथा आवश्यकतालाई मन्त्री समक्ष प्रस्तुत गरेका थिए ।