कृषि

अलैँची खेतीको गुणात्मक विकासकालागि विकास बोर्ड स्थापना गर्छु : मन्त्री खनाल

काठमाडौँ । कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्री चक्रपाणि खनाल ले अलैची खेतीको गुणात्मक विकास र उत्पादनकालागि अलैँची विकास बोर्ड स्थापनागर्न पहललिने बताएका छन् ।

राजधानीमा अलँैचीको विकासकालागि अलैँची विकास बोर्ड स्थापनाका सम्बन्धमा आयोजित अन्तक्र्रिया कार्यक्रममा बोल्दैै उनले अलैँची विकास बोर्ड स्थापनाका निम्ति मस्यौदा बनिसकेकाले त्यसलाई मन्त्रि परिषद्मा लैजान पहल गर्ने बताएका हुन् । ‘अलैची विकास बोर्ड आवश्यक छ, यसका निम्ति मस्यौदा बनिसकेको जानकारी पाएको छु, यसलाई म मन्त्रिपरिषद्मा लैजान पहल गर्छु ।’ उनले भने ।

यसअघि गठन भएको कृषिसँग सम्बन्धित विकास बोर्डहरुबाट गर्न सकिने कामहरु समेत नभएको बताउदै मन्त्री खनालले अलैँची खेतीको लागि जमिनको पहिचान गर्दै अलैची खेतीलाई राष्ट्रिय रुपमा फैलाउनुपर्नेमा जोड दिए ।

अलैँची खेतीको गुणात्मक उत्पादनका निम्ति सरकारले गर्नुपर्ने सहयोग गर्न सरकार तयार रहेको बताउनुहुँदै उनले भने, ‘नेपालमा ठोस नीति नभएको कारणले कुन खेती कहाँ उपयुक्तहो र कहाँ हुन्छ, कुन चिज कहाँ उत्पादनगर्ने हो भन्ने कुराको राम्रो कार्यक्रम छैन । हामी अब उत्पादनमा केन्द्रित हुने हो, यसलाई विस्तार गर्दै जमिनको पहिचान गरेर अगाडि बढ्नुपर्छ ।’

सम्बोधन काक्रममा उनले उत्पादित वस्तुमा विषादीको प्रयोग डरलाग्दो अवस्थामा रहेकाले अध्ययन गरेर विषादीलाई नियन्त्रण गर्ने उपायहरुको अवलम्बनगर्ने बताए ।