अन्तर्राष्ट्रिय

बस दुर्घटनामा परी १८ यात्रुको मृत्यु

बैंकक । थाइल्याण्डको उत्तरपूर्वी भूभागमा अवस्थित एक प्रान्तको राजमार्गमा बुधबार साँझ भएको बस दुर्घटनामा परी कम्तीमा पनि १८ जना यात्रुको ज्यान गएको समाचार छ ।

उक्त दुर्घटनामा अरु कैयौँ व्यक्ति नराम्ररी घाइते भएका छन् । थाइल्याण्डको उत्तरपूर्वी प्रान्त नाखोनबाट यात्रा गरिरहेको सो बस बुधबार साँझ सडकबाट खोँचमा खसेको यातायात मन्त्रालयले बिहीबार बिहान जनाएको छ ।

उक्त मन्त्रालयले दिएको जानकारीअनुसार सो बसमा ५० जना यात्रु सवार रहेका थिए । दुर्घटनामा परी घाइते भएका अरु सबैको उपचार जारी छ ।

उक्त प्रान्तको सडकको नाजुक अवस्था रहेकोले समय समयमा यसरी सवारी दुर्घटना हुने गर्दछ । प्रान्तीय सरकारका प्रमुखले घाइते सबैको उपाचारका लागि ध्यानदिन स्वास्थ्य अधिकारीहरुलाई आग्रह गरेका छन् ।