सूचना प्रविधि

सामसङको फ्लेक्स वास वासिङ्ग मेसिन नेपाली बजारमा

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा विशेष एवं विभिन्न सुविधाहरु भएको फ्लेक्स वास वासिङ्ग मेसिन भित्र्याउन गई रहेको छ । आम नेपाली उपभोक्ताहरुको चाहना एवं आवश्यकतालाई मध्यनजर गरी उक्त उत्पादन बजारमा ल्याएको छ ।

सामसङले मार्च महिनाको २१, २२ र २३ गते सम्पन्न गर्न गइरहेको सामसङ फरम मार्फत् यो वासिङ्ग मेसिन नेपाली बजारमा ल्याएको छ । यसको मूल्य रु २,६९,९९९ तोकिएको छ, जसमा एयर प्युरिफायर पनि बन्डलिङको साथ प्रदान गरिने छ ।

यो फ्लेक्स वास वासिङ्ग मेसिनमा वासर तथा डायर, ३ के जी टपलोड, एड वास, एयर वास, भि आर टि, स्मार्ट कन्ट्रोल, एयर वास, स्मार्ट चेक, इको ड्रम क्लिन जस्ता विशेषताहरुको साथ कम भाइव्रेट गर्ने खालको प्रविधि यस वासिङ्ग मेसिनमा उपलब्ध हुने छन् ।

अपर वास सुविधाले विभिन्न कपडाहरुलाई एकै साथ धुन सकिन्छ । त्यति मात्र होइन यो सुविधाले गर्दा समय र विजुली पनि कम लाग्दछ । यसमा भएको पावरफुल बबल एक्सन जस्तो विशेषताले यो वासिङ्ग मेसिनमा लुगा धँुदा थप निखारता प्रदान गर्दछ । स्मर्ट कन्ट्रोल प्रविधिको प्रयोग भएको हुँदा वासिङ्गमेसिनले अहिलेको जीवन शैलीलाई थप सुबिधा प्रदान गर्ने छ ।