आर्थिक

बालाजू अटोवक्र्सद्वारा उत्कृष्ट प्राविधिक प्रतियोगिता

काठमाडौं । अग्निग्रुपको आधिकारिक सर्भिस सेन्टर बालाजु अटोवक्र्सले हालै उत्कृष्ट प्राविधिक प्रतिपयोगिता सम्पन्न गरेको छ । यस्तो प्रतियोगिता कार्यक्रम कम्पनीले महिन्द्रा एण्ड महिन्द्रा इन्टरनेशनलसँगको सहकार्यमा विगतका वर्षहरुम पनिगर्दै आएको थियो र यो पनि त्यसैको निरन्तरता हो, अटोवक्र्सले बताएको छ । यो प्रतिपयोगिता यही मार्च १५ र १६ तारिख २०१८मा सम्पन्न भएको थियो ।

काठमाण्डौ । उक्त प्रतियोगितामा नेपाल अधिराज्यभरका महिन्द्राका डिलरहरुबाट सहभागी भएका थिए । प्रतियोगिताको पहिलो दिन तालिमप्रदान गरिएको थियो भने दोस्रो दिन प्रतियोगिता सम्पन्न गरिएको थियो । तालिमको संयोजन सन्तोष पौडेलले गरेका थिए भने तालिम बलराम सत्यालले दिनुभएको थियो ।

तालिममा सर्भिस म्यानवापरहरुलाई कामगर्ने तरिका, गुणस्तरीयता, जस्ता प्राविधिक एवं आधारभूत विधि सम्बन्धी तालिम प्रदान गरिएको थियो । यो प्रतियोगिताको मुख्य ध्येय भनेको उपयुक्त प्रतिस्पर्धीको छनौट गरी आगामी दिनहरुमा तालिमको आवश्यकतालाई पहिचान गर्नु रहेको छ ।

२३ व्यक्तिको सहभागिता रहेको यस प्रतियोगितामा सिद्धान्त, प्रयोग र मौखिकगरी ३ प्रकारबाट छनौट गरिएको थियो जस अनुसार विजयी भएका छन् अष्ट नारायण महर्जन ए एम अटोमोबाइलस, बल्ख, पहिलो रनरपका रुपमा अनुपकुमार मिश्र, गणपुर अटोवक्र्स, नेपालगञ्ज, दोस्रो रनरअपका रुपमा मणिरामचौधरी, दक्षिणकाली इन्कर्पोरेटेड, धनगढी भएका छन् ।

पहिलो र दोस्रो रनरअप काविजयीहरुलाई आयोजकले ट्रफि, प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरेको थियो भने सहभागी सम्पूर्ण प्रतिस्पर्धीहरुलाई सहभागीताको प्रमाण पत्रवितरण गरिएको थियो । उक्त समारोहमा कम्पनीका कन्ट्री म्यानेजर तपस पटनायक, शिवसुदन श्रेष्ठ तथा प्रमोद क्षेत्री को उपस्थिति रहेको थियो ।