समाचार

युरोपियन युनियनको टिप्पणीप्रति प्रेस काउन्सिलको आपत्ति

काठमाण्डौ । प्रेश काउन्सीलले हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन पर्यवेक्षणको नाममा युरोपियन युनियनद्वारा जारी प्रतिवेदनप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । प्रेस काउन्सिलको गठन विधि, कार्यक्षेत्र, भूमिका र प्रभावक्षेत्रको वस्तुगत विश्लेषण र तथ्यपरक जानकारी नै नराखीएकदमै सतहीरुपमा गरिएको टिप्पणी प्रति दुःखव्यक्तगरेको छ ।

बहुदलीय र खुल्ला समाजमा व्यक्तिका आ–आफ्ना वैचारिक आस्थाहुन सक्दछन् र यसलाई व्यक्तगर्ने दुर्लभ अवसर सवैसंग सुरक्षित रहने गर्दछ । यो व्यक्तिको नैसर्गिक अधिकार हो । जुनकर्तव्य निर्वाहको दौरान कहीँकतै पनि प्रकट हुने गर्दैन । यसलाई अभिव्यक्ति स्वतन्त्रताको अन्तर्राष्ट्रिय अनुबन्धले निर्विवादरुपमा प्रत्याभूत पनि गरेको छ । तर युरोपियन युनियनको उपरोक्त प्रतिवेदनमा व्यक्तिको न्यायिक र नैसर्गिक सिद्धान्तलाई सामान्यरुपमा समेत ख्याल गरिएको पाइएन ।

प्रेस काउन्सिलकै सन्दर्भमा कतिपय गलत, भ्रामक र आधारहीन किटानी गरिएको र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागतगर्न सवै वर्ग, तहतप्काका जनसमुदायको भर्खर सम्पन्न आमनिर्वाचनमा उत्साहजनक सहभागिता रहेको परिप्रेक्ष्यमा युरोपियन युनियनको प्रतिवेदनले आफैंमा बिश्वसनीयताको संकट पैदा गरेको छ ।

संघीय संरचनाको पहिलो प्रयोग गर्दै रहेको नेपाल राष्ट्र र यसका अविभाज्य नियामक निकायहरुमा थिगरिएको यसखाले टिप्पणी प्रति प्रेस काउन्सिल नेपालपुनःआपत्ति प्रकट गर्दछ, कार्यबाहक अध्यक्ष किशेर श्रेष्ठद्वारा प्रेशित बिज्ञप्तीमा भनिएको छ ।