आर्थिक

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौँ । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज पनि दोहोरो अंकले ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १०।६३ बिन्दुले ओरालो लागेर एक हजार २२०।४४ बिन्दुमा आइपुगेको छ । यो हालसम्मकै न्यून गिरावट हो ।

‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १।९९ बिन्दुले ओरालो लागेर २६०।४१ बिन्दुमा पुगेको छ । आज कूल १५८ कम्पनीको १० लाख ७७ हजार ७४९ कित्ता शेयर रु ४३ करोड ८२ लाख ५६ हजार १३४ मूल्यमा कारोबार भएको छ । स्टककाअनुसार नौवटै सूचक समेत ओरालो लाग्दा बजार प्रभावित भएको हो ।

आज बैंकिङ ३।९६, होटल ५९।४५, विकास बैंक १०।७९, जलविद्युत् २५।२४, फाइनान्स ०।८, बीमा १२०।७, उत्पादन ३३।०६, अन्य ५।२७ र माइक्रोफाइनान्स समूह १९।२५ बिन्दुले आरोलो लागेको छ । बुधबार पनि शेयर बजार २४।४० अंकले ओरालो लागेको थियो ।

आरम्भको शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्जमा आरम्भ माइक्रो फाइनान्सको प्राथमिक शेयर सूचीकृत भएको छ । सो फाइनान्सको ६ लाख कित्ता शेयर सूचीकृत भएको स्टकले जनाएको छ ।