पु.समाचार

काँग्रेस सभापति स्व. शुसिल कोईरालाका अर्का भाई बिजयको निधन, काँग्रेसद्वारा समाबेदना

काठमाण्डौ । नेपाली काँग्रेसका नेता विजय कोईरालाको नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको छ । स्व. कोईराला नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व. सुशील कोइराला तथा नेपाली कांग्रेस बाँकेका पूर्व सभापति स्व. डा. अरुण कुमार कोइरालाका भाई हुन् ।

नेपाली कांग्रेस बाँकेमा सकृय रहेका स्व कोईराला नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० का स्थायी बासिन्दा थिए । ७४ वर्षीय विजयकुमार कोइरालाको काठमाडौँको नर्भिक अस्पतालमा उपचारका क्रममा आज विहान निधन भएको छ । स्व. कोइरालाले नेपालमा लोकतन्त्र स्थापना र पुनःस्पना तथा लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

स्व कोईरालाको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

सभापति देउवाले— स्व। कोइरालाले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याएको योगदानको स्मरण गर्दै मृतक कोईरालाको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताएक छन् । साथै, दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै मृतकका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।

नेपाली कांग्रेस स्व कोईरालाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै मृतकका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ, सभापति शेरबहादुर देउवालाई उदृत गर्दै पार्टी मुख्यसचिब कृष्णचनद्र पौडेलले प्रकाशित गरेको बिज्ञप्तीमा भनिएको छ ।