समाचार

विश्व सम्पदा दिवस मनाउन समिति गठन

काठमाडौँ । मुलुकका सम्पदालाई प्रचार प्रसार गर्न जनस्तरबाट ‘विश्व सम्पदा उत्सव मूल समारोह समिति’ गठन गरिएको छ ।समितिको निर्देशन समितिको संयोजकमा प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठ, सदस्यहरुमा अर्का सांसद रामवीर मानन्धर तथा प्रदेशसभा सांसद राजेश शाक्य र वसन्त मानन्धर हुन् ।

त्यसैगरी समितिको सहसंयोजकमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, सचिवमा डिल्लीरत्न तुलाधर र कोषाध्यक्षमा विन्देश्वर श्रेष्ठ हुन् । सञ्चार समितिको संयोजकमा भीमसेन राजवहाकलाई जिम्मेवारी दिइएको छ । उक्त समितिमा १८ सदस्य मनोनयन गरिएको छ ।

आगामी वैशाख ५ गते हुने विश्व सम्पदा दिवशका लागि विभिन्न रचनात्मक कार्य समितिले गर्नेछ । मुलुकमा रहेका विभिन्न सम्पदालाई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न समितिले भूमिका निर्वाह गर्ने संयोजक श्रेष्ठले जानकारी दिए ।

काठमाडौँ वसन्तपुर क्षेत्रदेखि स्वयम्भू सम्मका सम्पदास्थलको संरक्षण तथा प्रवद्र्धनका लागि समेत सो समितिले कार्य गर्ने बताइएको छ ।