पर्यटन/संस्कृति

गएरातिदेखि एक्कासि हिमपात

हुम्ला । गएरातिदेखि आज बिहानसम्म यहाँ एक्कासि हिमपात भएको छ । हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् ।

हिमपात भएपछि यहाँका कृषक बालीनाली राम्रो हुने आशामा दंग छन् ।
हिमपातका कारण बिहानदेखि चिसो हावा चलिरहेकाले बिहान ८ बजेदेखि एसइईका परीक्षार्थीलाई कष्ट भएको छ ।