समाचार

वन डढेलो व्यवस्थापनमा सामुदायिक वन सक्रिय

जितपुर, कपिलवस्तु । गर्मीयाम शुरु भएसँगै आगलागीका घटना बढ्न नदिन यतिबेला यहाँका सामुदायिक वन उपभोक्ता समितिमा डढेलो व्यवस्थापनबारे चासो बढेको छ ।

प्रत्येक वर्ष सामुदायिक वनमा आगलागीका घटना बढ्न थालेपछि त्यसको रोकथामको प्रभावकारी उपाए के हुन सक्छ रु कसरी व्यवस्थापन गर्न सकिन्छ भन्दै सामुदायिक वन उपभोक्ता समितिहरु एकापसमा छलफल, गोष्ठी, अन्तरक्रिया, ¥यालीलगायतका कार्य गर्न थालेका छन् ।
डढेलो नियन्त्रणका लागि वर्षेनी ठूलो रकम खर्च गर्दै आएपनि उपलब्धि खासै नदेखिएकाले यसमा वन कार्यालयको पनि सहयोग हुनुपर्ने र डढेलो व्यवस्थापनमा उपभोक्तालाई जागरुक गराउँदा प्रभावकारी हुनेमा सरोकारवालाले जोड दिएका थिए ।

सरेपानी सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष गीरबहादुर गुरुङले भने, “वनमा आगलागी भएमा धेरै क्षति हुन्छ त्यसैले सबै उपभोक्ता सचेत हुनुपर्छ ।”

गोरुसिङ्गे इलाका वन कार्यालयका प्रमुख वीरेन्द्र यादवले वन डढेलो व्यवस्थापनमा सामुदायिक वनको सक्रियताको प्रशंसा गर्दै भने, “वन हामी सबैको हो त्यसलाई जोगाउनु पर्छ भन्ने सन्देश उपभोक्तामा समेत पु¥याउन आवश्यक छ ।”

गोरुसिङ्गे इलाका वन कार्यालयले बुधबार गरेको वन डढेलो व्यवस्थापन जनचेतनासम्बन्धी ¥यालीमा सो इलाकाअन्तर्गत पर्ने २० भन्दा बढी सामुदायिक वनका उपभोक्ता समिति पदाधिकारी, उपभोक्ता र वन कर्मचारी गरी ८०० जनाभन्दा बढीको सहभागिता थियो ।

गोरुसिङ्गे इलाका वन कार्यालयलबाट शुरु भएको वन डढेलो व्यवस्थापन जनचेतनासम्बन्धी ¥याली विरपुर, पुरेना, पथ्थरकोट डोहोटे, पडरिया, भर्लावास, जिनुवा, चौहवा हुँदै पुनः गोरुसिङ्गे पुगेर सम्पन्न भएको थियो ।