पु.समाचार

राहदानी बनाउनेको संख्यामा १५ प्रतिशतले कमी

पर्सा । पर्सा जिल्लामा राहदानी बनाउनेको संख्यामा कमी आएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आवको आठ महिनामा राहदानी बनाउनेको संख्यामा १५ प्रतिशतले कमी आएको हो ।

आव २०७३/७४को साउनदेखि फागुनसम्मको आठ महिनामा जिल्ला प्रशासन कार्यालयको राहदानी शाखाबाट पाँच हजार २४६ जनालाई राहदानी वितरण गरिएकामा चालू आवको सोही अवधिमा कार्यालयबाट चार हजार ४५४ जनालाई राहदानी वितरण गरिएको कार्यालयले जनाएको छ ।

गत आवको तुलनामा चालू आवको आठ महिनामा ७९२ (१५.१प्रतिशत) राहदानी कम वितरण भएको कार्यालयका प्रशासकीय अधिकृत एवं राहदानी शाखा प्रमुख सदनकुमार कर्णले जानकारी दिए ।

उनले गत आवमा साधारणतर्फबाट तीन हजार ३५३ र दु्रृत सेवाबाट एक हजार १०१ जनालाई राहदानी वितरण गरिएको बताए ।

आव २०७३÷७४को साउनदेखि फागुनसम्मको आठ महिनामा छ हजार ९७१ पुरुष र ८९९ महिलालाई राहदानी वितरण गरिएकामा आव २०७४÷७५को सोही अवधिमा तीन हजार ८६५ पुरुष र ५८९ महिलालाई राजदानी वितरण गरिएको शाखा अधिकृत कर्णले जानकारी दिए ।
त्यस्तै गत वर्षको तुलनामा चालू आवमा १३.०२ प्रतिशत कम राजश्व संकलन भएकोे छ । गत आवमा कार्यालयले रु तीन करोड १९ लाख ६५ हजार राजश्व संकलन गरेकामा चालू आवमा रु दुई करोड ७७ लाख ७५ हजार राजश्व संकलन भएको छ । संकलित राजश्व गत आवभन्दा रु ४२ लाख ९० हजार अर्थात् १३.०२ प्रतिशत कम भएको शाखा अधिकृत कर्णले बताए ।