शिक्षा

राजविराजको एक विद्यालयमा सिसी क्यामरा जडान

राजविराज । विद्यालयको शैक्षिक सुधार गर्न सदरमुकाम राजविराज–३ मा रहेको केशो अनिरुद्धवति माध्यमिक विद्यालयमा सिसी क्यामरा जडान गरिएको छ ।

प्रधानाध्यापक फुलेश्वर मण्डल र व्यवस्थापन समितिका अध्यक्ष धीरेन्द्र बर्मा ‘धीरु’ को पहलमा रु चार लाख दुई हजारको लागतमा विद्यालयका सबै कोठामा सिसी टिभी क्यामरा जडान गरिएको र अगामी दिनमा विद्युतीय हाजिरीको समेत व्यवस्था गर्ने प्रधानध्यापक मण्डलले बताए ।

विद्यालयको शैक्षिक सुधारका लागि कक्षा १० सम्म पठनपाठन हुने उक्त विद्यालयका सबै कक्षा कोठा, लेखा र प्रशासन फाँटसहित १३ वटा कोठामा सिसी कयामरा जडान गरिएकोे छ ।

विसं २००९ मा स्थापित सप्तरीको पुरानो विद्यालयमा हाल ७१५ विद्यार्थी अध्ययनरत छन् ।