समाचार

दरवारमार्ग स्थित होटल ल्याण्डमार्कमा भएको जवरजस्ती करणीको फरार प्रतिवादी पक्राउ

काठमाण्डौ । काठमाडौं, दरवारमार्ग स्थित ल्याण्डमार्क होटलमा ४ जना युवकहरुबाट एक युवतीलाई उक्त होटलको कोठामा रातभरी राखी जवरजस्ती करणी गरि फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

परिसर काठमाडौवाट मातहत वृत्त प्रभागहरुमा परिपत्र गरेकोमा मनप्र वृत्त दरवारमार्गले विशेष सूचनाको आधारमा दरवारमार्ग ईलाकामा देखिए भने पश्चात तत्काल गोप्यरुपमा खोजतलास गर्ने क्रममा गर्दा दरवारमार्ग स्थित शंकास्पद अवस्थामा फेला पारि निजलाई नियन्त्रणमा लिई एकिन नामथर वतन सोध खोज गर्दा अभियुक्त पक्राउ परेका हुन् ।

जिल्ला रामेछाप दुरागाउं ३ स्थायी वतन भई हाल धुम्वाराही वस्ने शम्भु वहादुर कार्कीको छोरा वर्ष २२ को शैलेश कार्की भनि आफ्नो नामथर वतन उमेर समेत वताएको हुंदा मनप्र वृत्त दरवारमार्गले नियन्त्रणमा लिई मुद्दा दर्ता परिसर काठमाडौमा भएको हुँदा आवश्यक कारवाहीको लागी यस परिसर काठमाडौंमा पठाएको प्रहरीले जनाएको छ ।