आर्थिक

एनआईसी एशिया बैंकले ल्यायो “प्रिमियम समुन्नति बचत खाता”

काठमाण्डौ । “बैंक पनि, साथीपनि”भन्ने मुलनाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकि¨ सेवा प्रदानगर्दै आइरहेको मुलुककै अग्रणी वाणिज्य बैंकहरु मध्येको एक यस एनआई सी एशिया बैंकले ग्राहकहरुको हितलाई ध्यानमा राख्दै “प्रिमियम समुन्नति बचत खाता” संञ्चालनमा ल्याएको छ ।

मुलुक भरिका कुनैपनि बैंकको कुनैपनि ATM बाट जति पटक पैसा निकाले पनिकुनै शुल्क नलाग्ने सुविधा यस खातामा राखिएको छ । त्यसै गरी सो खातामा निशुल्क भिसा डेविट कार्ड/क्रेडिट कार्ड/मोबाइल बैंकि¨ सेवा/डिम्याट खाताको साथै वार्षिक लकर शुल्कमा ५०∞ छुट प्रदान गरिनेछ । साथै मासिक औसत रु १० लाखभन्दा बढी बचत रहेका ग्राहकलाई घरमै पुगेर सेवा प्रदान गरिनेछ ।

त्यस्तैसो खाता खोलि मोबाइल बैंकि¨ सेवालिए पछि NTC वा NCELL को रु १०० बराबरको रिचार्ज कार्ड / NTC समेत निशुल्क प्रदान गरिने छ । रु १००० न्यूनतम मौन्दातमा खोल्न सकिने सो खातामा बार्षिक ८∞ का दरले मासिक ब्याज प्रदान गरिनेछ भने ग्राहकहरुलाई रु ५ लाखसम्मको दुर्घटना बीमा सुविधा समेत निशुल्क प्रदान गरिनेछ । साथै, यस खातामा निशुल्क Good For Payment चेक जारी गर्न सकिने सुविधा छ र Balance Certificate जारी गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।

नेपालमा हाल सम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले संञ्चालनमा ल्याएका विभिन्न बचत खाताहरुमा रहेको बिशेषताहरुको तुलनामा अत्यन्त आकर्षक एवं अतुलनिय सुविधाहरु समेटी ल्याइएकोे यस प्रिमियम समुन्नति बचत खाता सिमीत अबधी सम्ममात्र संञ्चालनमा रहने भएकोले मौकाको फाइदा उठाइ यथासिघ्र प्रिमियम समुन्नति बचत खाताखोली यस सुबर्ण अवसरबाट प्रचुर लाभ उठाउन एनआई सी एशिया बैंकले आम जनसमुदायलाई हार्दिक अपिल गरेको छ ।

साथै, बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर गरी १८४ शाखा सहितनिजी क्षेत्रको सवैभन्दा बढि शाखा सञ्जाल भएको बैंक बन्न सफल यस बैंक १८७ एटिएमसहित मुलुककै सबैभन्दा बढि एटिएम सञ्जालभएको बैंक समेत बन्न सफलभएको छ । समग्रमा यस बैंक ४ वटा एक्स्टेन्सन काउन्टर, ३ वटा ब्रान्चलेस बैंकिङ्ग युनिट र कुल ५,००० भन्दा बढि रेमिट्यान्स पेमेन्ट एजेन्ट सहित ५,३७८ भन्दा बढि भौतिक सञ्जालमार्पmत् बैकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भैसकेको छ ।

बैंकको सेवाग्राहीहरुको संख्या १० लाखभन्दा बढि पुगी यस बैंक हालग्राहक संख्याको हिसाबले समेत मुलुककै अग्रणी वाणिज्य बैंक बन्न सफल भैसकेको छ । त्यसैगरी वित्तीय परिसुचकांकका हिसाबले समेत यस बैंक नेपालकै उत्कृष्ट बैंकहरु मध्येमा अग्रणी स्थान बनाउन सफल भैसकेको छ, बैंकले जनाएको छ ।

बैंकको वासलातको आकार रु १४८ अर्ब भन्दा वढि पुगेको छ भने बैंकको कुलकर्जा करिब रु १०४ अर्ब र कुलनिक्षेप करिब रु १२४ अर्ब पुगीसकेको छ । यो सँगै वासलात, कुलकर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरु मध्ये अग्रणी स्थानमा रहन यस बैंक सफल भैसकेको छ । साथै, संस्थागत सुशासन, जोखिम ब्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आइरहेको छ ।