समाचार

श्रीमान्को कुुटाइबाट मृत्युु भएकी महिलाको शव चिताबाट बरामद

रौतहट । प्रहरीले एक चितामा जलाउनै लागिएको महिलाको शव बरामद गरेको छ । श्रीमान्को कुुटाइबाट मृत्युु भएकी महिलाको शवका साथै दुई बोतल पेट्रोल र पाँच किलो चिनीका साथ जलाउन गएका चार आफन्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ । महिलाका श्रीमान् कटहरिया नगरपालिका–५ का ३५ वर्षीय विजय साह सोनार घटनालगत्तै गए रातिदेखि फरार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक यज्ञविनोद पोखरेलका अनुुसार अभियुक्त सोनार र उनकी श्रीमती ३५ वर्षीया राजकुुमारी देवीबीच घरायसी विवादमा गए राति झगडा भएको थियो ।

झगडाका क्रममा अभियुुक्तको कुुटाइबाट मृत्युु भएकी राजकुुमारीलाई आज बिहान मृतकका दुुईभाइ र अभियुुक्तका भाइभाञ्जाले लालबकैया किनारमा जलाउन लागेका थिए ।

सूचनाका आधारमा उक्त स्थानमा इलाका प्रहरी कार्यालय कटहरियाबाट गएको टोलीले चिहानमा जलाउनै लागेको शव बरामद गरेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।

मृतकको घाँटीमा नीलो डाम देखिएकाले घाँटी थिचेर मारेको आशङ्का प्रहरीले गरेको छ । मृतकका भाइ पर्ने कटहरिया–५ का भन्टुु साह र भाञ्जा पर्ने कटहरिया–५ का रामबालक साह तथा मृतकका भाइ रौतहट राजदेवी गाउँपालिका–३ का राजकिशोर साह र सुुरेश साह पक्राउ परेका छन् । घटनापछि फरार अभियुुक्तको सल्लाहमा आफन्तले शव जलाउन लगेको र माइती पक्षलाई खबर गर्दा भाइ पर्ने दुुवै जना बिहान आएर सीधै शव जलाउने ठाउँमा पुुगेको प्रत्यक्षदर्शी स्थानीयवासीले बताएका छन् ।

स्काभेटरमा आगजनी

बाटो निर्माणमा खटिरहेको सडक डिभिजन कार्यालय रौतहटको स्काभेटरमा गए राति आगजनी गरिएको छ । आगजनीबाट स्काभेटरको अधिकांश भाग जलेको प्रहरीले जनाएको छ । झाँझपुल कटहरिया सडकखण्ड छेउमा गरुडादेखि कटहरियासम्म सीधा जोड्न खनिएको नयाँ मार्गमा राखिएको स्काभेटर महमदपुर लक्ष्मीपुरका बीचमा गए राति अज्ञात समूहले पेट्रोल छर्केर आगजनी गरेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामकुमार दानीले जानकारी दिए ।

आगो स्थानीयवासी र प्रहरीले दमकलको सहयोगमा नियन्त्रणमा लिएका थिए । आगलागीमा संलग्न रहेको आशंकामा गरुडा नगरपालिका, लक्ष्मीपुरका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।