पु.समाचार

एक करोडको लागतमा कवर्डहल निर्माण हुने

money

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–३ भम्कामा करिव रु एक करोडको लगानीमा अत्याधुनिक सुविधासहितको कवर्डहल बन्ने भएको छ ।

नगर प्रमुख अशोककुमार चन्दले सोमबार कर्वडहल निर्माणको कार्य शुभारम्भ गर्दै यसबाट नगर क्षेत्रमै राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिने बताए ।

कवर्डहलका लागि रु एक करोड ३० लाख २० हजार विनियोज गरिएको र यसमा महिला पुरुषका लागि छुट्टाछुट्टै शौचालय, वासरुम, कपडा बदल्ने कोठा, बेडमन्टिन कोर्ट, बक्सिङ, कराते, तेक्वाण्डोका लागि कोर्ट निर्माण गरिने उनले जानकारी दिए ।

कवर्डहलमै कार्यालय कक्ष र वरिपरिको क्षेत्रमा पर्खाल लगाई सुरक्षित बनाइने र निर्माण कार्य असार मसान्तभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।