समाचार

मोटर साईकल चोरी गर्ने गिरोह पक्राउ

काठमाण्डौ । काठमाण्डौबाट मोटरसाइल चोरी गर्नेहरु प्रहरीले पक्राउ गरेको छ । विभिन्न स्थानहरुवाट स्कुटर, मोटरसाईकलहरु चोरी गरी चोरेका सवारी साधनहरुको नम्वर प्लेट एवं स्वरुप परिवर्तन गरि वेचविखन गर्ने गिरोहहरु सक्रिय रहेको भन्ने सुचनाको आधारमा आईतबबार बिहान अ.१७०० बजेको समयमा  वृत्त जनसेवाबाट सुन्धाराको चेकिङ्ग डिउटीमा खटिएका प्रहरी कर्मचारीले बा ३८ प ४४९२ नं.को VR मोटरसाइकल र बा ५३ ५९१४ न.को R 15 मोटरसाईकल रोकी चेकजांच गर्ने क्रममा मो.सा.मा सवार भई आएका चालकहरुसंग मोसाको सम्बन्धित कागजातहरु माग गर्दा निजहरुले तत्काल कागजात देखाउन नसकेको हुदा निजहरुलाई नियन्त्रणमा लिई वृत्त जनसेवामा ल्याई थप सोधपुछ गर्दा उक्त मोटरसाईकलहरु केही दिन अगाडी का।जि।ठमेल एरियाबाट चोरी गरेको खुल्न आएको महानगरिय प्रहरी काठमाण्डौले जनाएको छ ।

अभियुक्तहरुले बरामदी मोटरसाईकलको बास्तबिक नं.प्लेट परिवर्तन गरि नक्कली नं.प्लेट राखी मोटरसाईकलहरु चलाएको खुल्न आएको, घटना सम्बन्धमा थप अनुसन्धान भई रहेको जनाएको छ ।

चोरी गरेका मोटरसाईलहरु काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नं.३ बस्ने रोजेश शाहीको घरमा लुकाएर राखेको अवस्थामा र चोरी गरेका मोटरसाईकलहरु गोकुलगंगा गाँउपालिका- ६ घर भई  बुढानिलकण्ठ नगरपालिका वडा नं.५ बस्ने बर्ष २४ को देबराज तामाङ्ग घरमा लुकाएर राखेको अवस्थामा वरामद भएके जनाएको छ ।

वरामद भएका मोटरसाईकलहरु बा ३८ प ४४९२ नं.को VR मोटरसाइकल बा ५३ ५९१४ न.को VR मोटरसाईकल, बा ४७ प ४६६९ नं.प्लेट स्कुटर, बा ४७ प ४६६१ नं.प्लेट R 15 मोटरसाईकल, वा ४५ प ८५३५ नं.प्लेट Apache  मोटरसाईकल रहेका छन् ।

पक्राउ परेका मोटरसाईकल चोरहरुः
रामेछाप ठोसे साबिक गाबिस वडा नं.२ हालको गोकुलगंगा वडा नं.६ घर भई बुढानिलकण्ठ-५ बस्ने बर्ष २४ को देबराज तामाङ्ग रहेका छन् ठेगाना उही भएका वस्ने बर्ष २३ को सुकबिर तामाङ्ग, बुढानिलकण्ठ-३ बस्ने रोजेश शाही, आकाश नगरकोटी, बिक्रम शाही रहेको प्रहरीले जनाएको छ ।