समाचार

संरक्षित वन्यजन्तु चितुवाको छाला सहित पक्राउ

काठमाण्डौ । वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरी टोलीले आईतबार जिल्ला काठमाण्डौ, काठमाण्डौ वडा नं. –२ लाजिम्पाटबाट अवैध रुपमा संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार तथा खरिद बिक्री गर्न भनि ल्याएको अवस्थामा संरक्षित वन्यजन्तु चितुवाको छाला थान–१(एक) वरामद गरी संलग्न निम्न घर ठेगाना भएका मानिसहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय काठमाण्डौमा बुझाईएको बतानएको छ ।

पक्राउ मानिसमा, जिल्ला धादिङ साबिक मैदी गा.बि.स. वडा नं– ७ हालको ज्वालमुखी गाँउपालिका वडा २ बर्ष – २८ को सविन कुमार श्रेष्ठ र जिल्ला सिन्धुली फिक्कल गाँउपालिका वडा नं.–२ बस्ने बर्ष –२३ को डोर प्रसाद फुयाल रहेका छन् ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यपार नियन्त्रण ऐन २०७३ विरुद्धको अपराध एने अनुसार कारबाही चलाईने प्रहरीले बताएको छ ।