मनोरञ्जन

आइडिया अस्त्र’शनिबारदेखि प्रसारणहुँदै !

कठमाण्डौ । आइडिया हवप्रालिद्वारा यहीचैत १० गते शनिबारदेखि नेपाल टेलिभिजनको पर्दामा बिज्ञान र प्रविधि सम्वन्धि टेलिभिजन कार्यक्रर्म आइडिया अस्त्र’ प्रसारण गर्ने भएको छ ।

बिद्यार्थी, युवातथा समस्त शिक्षाप्रेमीलाई लक्षित गरी बनाइएको कार्यक्रमशनिबार बेलुका ५ः३० बजे नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमका निर्माता तथा निर्देशक सागर लामिछानेले बताए । बाँकेको कोहलपुर निवासी सागरले यसअघि रोबोट, होममेड प्लेनको परीक्षणमा सफलता प्राप्त गरेका थिएभने इलेक्ट्रोनिक्स र कम्युनिकेशनमा इन्जिनियर पनि सकेकाछन् ।

दक्षयुवाहरु बिदेश पलायनहुने क्रम बढिरहेको बेला सागरले नेपालमै केहीगर्न सकिने भन्दै आइडिया एकेडेमी, आइडिया अस्त्र सामग्रीको स्टोर तत्कालै सञ्चालनगर्ने लक्ष्य लिएकाछन् ।
नेपाली टेलिभिजनमा बालशिक्षा केन्द्रीत कार्यक्रम नभएको अवस्थामा आइडिया अस्त्र प्रभावकारी हुने र बालबालिकाले घरेलु सामानबाट विज्ञानप्रविधिबारे जानकारी ग्रहण गर्न सक्ने सागरको विश्वास छ । आधा घण्टा समयावधि रहेको कार्यक्रममा तीनवटा सेग्मेन्ट रहेको छ ।

पहिलो सेगमेन्टमा आर्ट तथाक्राफ्ट, दोस्रोमाप्रतिभावान् व्यक्तिसंग अन्तर्वार्ता र तेस्रोमा गेम तथा विज्ञानसम्वन्धि प्रश्न समावेश गरिएको छ ।कि एड्भरटाइज प्रालिबाट प्रायोजित उक्त कार्यक्रमको पुनः प्रसारण भोलिपल्ट नेपाल टेलिभिजनमा प्रसारण हुनुको साथै यु ट्युबतथा फेसबुक पेजमासमेत हेर्न सकिने बताइएको छ । इन्जिनियर कृपेन्द्र हुमागाईँ, सौरभ लामिछाने समेतको सक्रिय भूमिका रहेको छ ।