शिक्षा

डिएभी कलेज अफ म्यानेजमेन्टले अन्तराष्ट्रिय सम्मेलन गर्दै

ललितपुर । डिएभी सुशील केडिया कलेज अफ म्यानेजमेन्टले अन्र्तराष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । आगामी मार्च २४ र २५ अर्थात चैत १० र ११ गते हुने सम्मेलनमा नेपाल सहित भारत, फ्रान्स र चीनका प्रोफेसरहरुले संवोधन गर्नेछन्

एमविएको पढाईमा रिसर्च बढी हुने भएकाले यस सम्बन्धी कार्यक्रम गर्न लागिएको डिएभी कलेजका अध्यक्ष अनिल केडियाले बताए । दुई दिन सम्म चल्ने अन्र्तराष्ट्रिय सम्मेलनमा प्रविधि र जनशक्तिका बीचमा कसरी तालमेल गराउने भन्नेमा केन्द्रित हुने केडियाले उल्लेख गरे । अहिले क्रमश प्रविधि तर्फ आर्कषित भइरहेको समयमा सवै काम प्रविधिले गरेपनि भावनात्मक सम्बन्ध स्थापित हुन नसकिरहेको तर्फ इंगित गर्र्दै उनले यसकालागि सम्मेलन फलदायी हुने बताए ।

अहिले नेपालमा सिद्धान्तको कुरा भन्दा पनि व्यवहारिक शिक्षाको कुरा चलिरहेकाले आगामी दिनमा दिगोरुपमा जनशक्तिको व्यवस्थापन गर्न सजिलो हुने विश्वास लिइएको छ । सम्मेलनमा अन्र्तराष्ट्रिय स्तरमा रिसर्च गरिरहेकाहरुबाट यो विषयमा नेपाली विद्यार्थीलाई जानकारी गराईने अध्यक्ष केडियाले जानकारी दिए ।

सम्मेलनमा नेपालबाट अनिल चित्रकार, भारतबाट प्रोफेसर डा. हिमेन्दु प्रसाद माथोर, फ्रान्सकी प्रोफेसर डा। करिना जेनसेन र चीनबाट डा। याङ किजुनले संवोधन गर्नेछन् । यसैगरी सम्मेलनमा विशेष गरि २ वटा विषयमा छलफल हुने छ ।